आठ जनालाई ‘नइ बाल पुरस्कार’

नइ प्रकाशनले आआफ्नो ठाउँबाटख्याति प्राप्त प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ दिने निर्णय गरेको छ ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की रहेका छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपैयाँ रहेका छन् ।
यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई दिने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रूपैयाँ रहेका छन् ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
आगामी चैत ३० गते काठमाडौंमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरु बितरण गरिने कार्यक्रम रहेको सदस्य सचिव नरेन्द्रराज प्रसाईं ले जानकारी दिनु भयाे ।
