नाबालिका बलात्कारको आरोपमा जनकपुरका एमाले नेता शाह पक्राउ
१३ वर्षीय नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर शाह हिरा पक्राउ परेका छन्। २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित शाह एमालेको एघारौं महाधिवेशनको प्रतिनिधि समेत छनोट भएका छन्।
नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उद्योग वाणिज्य सङ्घ मधेशका संस्थापक अध्यक्ष समेत हुन्। उनलाई भारत बिहारको सीतामढीबाट पक्राउ गरेर धनुषा प्रहरीमा उपस्थित गराइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिएका छन्।
एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखको उम्मेदवार शाह यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्तिक चौथो साताको एक दिन जनकपुरको एउटा होटलमा पक्राउ परेका शाहसहितका चार जनाले दुई दिनसम्म होटलमा बन्धक बनाएर १३ वर्षीय नाबालिकामाथि जबरजस्ती गरेको उजुरी परेको थियो। सोही मुद्दामा पक्राउ परेका थिए। नाबालिकाका मामा समेत सो घटनामा पक्राउ परेका छन्।
