आत्मासम्मान

प्रेममा म झुकेकी थिएँ
हराएको थिइनँ
र पो पाएकी छु यसरी आफैलाई ।
बोध गरेकी थिएँ
कि समर्पण र स्वभिमान एउटै कुरा होइन।
तिम्रो हेल्चेक्र्याइले
मलाई पीडा मात्र दिएन
एक पाठ पनि सिकाएर गयो
भुलेर आफ्नो अस्तित्व
नगर्नु बिश्वास कसैको।
अब म मौन छु
तर यो मौनता पराजय होइन
यो आत्मासम्मानको प्रतिध्वनि हो
मेरो हकमा
जहाँ प्रेम भन्दा पहिला
स्वाभिमानले शासन गर्छ।
लिला अनमाेल,बिर्तामोड
