हल्दीवारिका सबै बिधालय सिसि क्यामेराकाे निगरानिमा
सिसि क्यामेरा एप लञ्च तथा बिधार्थि ,खेलाडि सम्मान कार्यक्रम प्रमुख अतिथि प्रतिनिधि सभाकाे सांसद राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ले एक समारोह का बिच उद्घाटन गर्नु भएकाे छ।
कार्यक्रम काे औचित्य माथि प्रकाश पार्दै हल्दिवारी गाउपालिका का अध्यक्ष रविन्द्र लिङ्देन ले सिसि क्यामेरा वाटै पालिका भित्रका स्कुलकाे अनुगमनका लागि याे प्रबिधिकाे निर्माण गरि शिक्षामा गुणस्तर बिस्तारकाे लागि ५५८१ अबिभावकले एकै पटक बिधालयकाे अनुगमन गर्न सक्ने जानकारि दिनु भयाे।बिधार्थि समयमा पुगेपुगेनन,शिक्षकले बिधालयमा के कस्ताे पढाइ भइरहेकाे छ घरमानै वसेर अविभावकले हेर्न सक्नेछन।शिक्षामा गुणस्तर बृद्दिकाे लागि याे एप्स ल्याएकाे वताउनु भयाे।१७ वटा स्कुलमा याे सेवा सुरु गरिएकाे छ।आ व २०७५/०७६ वाट १५ लाख वाट शुरु भएकाे याेजनाआ व २०७९/०८० मा ७ लाख ८८ हजार समेत गरेर जम्मा२४ लाख ८८ हजार रपैया काे लागत मा याे याेजना सफल भएकाे छ।
वार्ड नः १ का वार्ड अध्यक्ष गाउपालिका का प्रवक्ता देवी बहादुर थापा,शिक्षा साखा प्रमुख राज कुमार बि.क.ले शुभकामना दिनु भयाे।
प्रमुख अतिथि लिङ्देनले हरेक स्कुलमा कम्युटर शिक्षा अनिवार्य गर्न पर्छ ।सबै भन्दा प्राथमिक बिषय नै प्राबिधिक शिक्षा लाई जाेड दिनु पर्छ।शिक्षा र स्वास्थ्य लाई प्रमुखतामा राखेर काम गर्न आफू सधै लागि पर्ने वताउनु भयाे।भाेलिका भविस्य भनेकाे यिनै बिधार्थि हुन इनि हरुलाइ कुन बाटाे तिर लाने भन्ने शिक्षक नै भएकाे हुदा भाेलिकाे भविस्य तपाई हरुकाे हातमा छ भन्दै शिक्षक हरु लाई राम्राे शिक्षाकाे लागि निर्देशन गर्नु भयाे।
राष्टपति रनिङ शिल्ड कार्यक्रम मा बिजेताहरुलाई पुरस्कार बितरण गरिएकाे थियाे।१५पालिका मध्ये हल्दिवारी गाउपालिकाले तेस्राे स्थान हासिल गरेकाे छ।
इन्द्र प्रसाद चापागाईं प्रशासकिय अधिकृतले स्वागत गर्नु भएकाे कार्यक्रम काे सञ्चालन अधिकृत राजन न्यौपाने ले गर्नु भएकाे थियाे।