थेबेले बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत झापाका १५ वटैै पालिकाका बिद्यालयहरुलाइ बजेटको ब्यवस्थापन गर्न पहल


नेपाली काङ्ग्रेसका सभापति देउकुमार थेबेले बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत झापाका १५ वटैै पालिकाका धेरै बिद्यालयहरुलाइ बजेटको ब्यवस्थापन गर्न पहल गरेको जानकारी दिनुभएको छ ।
कनकाइ नगरपालिकामा आयोजित महिला संघ गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेबेले कन्काइ नगरपालिकाका पाचवटा बिद्यालयलाई बजेट बिनियोजन गर्न पहलकदमी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार भृकुटी मा बि कन्काइ ७ मा चारकोठे भवन निर्माणको लागि ४५ लाख , जनचेतना आधारभुत बिध्यालय कनपा ३ को २ कोठे भवन को लागि २२ लाख ५० हजार , जानकी आधारभूत बिद्यालय कन्काई– २ को ४ कोठे भवनका लागि ४५ लाख , सरस्वती मा बि कन्काइ– ४ का लागि ६ लाख ५० हजार , पसुपती प्रा. बि कन्काइ–१ को लागि ६ लाख ५० हजार रुपैया बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा महिला संघको कन्काइ नगर कार्यसमिती सर्बसम्मत रुपमा चयन भएको छ । समितिको सभापतिमा रेणुका मैनाली, उपसभापति कबिता श्रेष्ठ र सीता खड्का , सचिबमा संगीता भुजेल सहसचिब सोनामणी हेमरम , रचना प्रसाईं र कोसाध्यक्षमा सरला तामाङ् रहेको १८ सदस्यीय समिती सर्बसम्बत रुपमा चयन भएको हो ।
नवगठित समितिलाई बधाइ दिदै नेपाली काङ्ग्रेस जिल्ला सभापति थेबेले हरेक कार्यको नेतृत्वमा महिलाको सम्मानजनक उपस्तिथि भएमा मात्र हरेक कार्य सफल हुने बिचार ब्यक्त गर्दै मङगलादेबी सिङ्ह लाई सधै सम्झनु पर्नेमा जोड दिनुभएको थियो ।

नेपाली कांग्रेस कन्काइ नगर समितिका सभापति दुर्गा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अथितीहरु कबिता बस्नेत , सीता थेबे , लिला चिमरिया , याम भुजेल ,रोहित खवास, मनोज बस्नेत , लक्ष्मण जोयल श्रेष्ठ , इश्वरी शिवाकोटी , भिम राजबंसी , कनकाइ नगरपालिकाका उपप्रमुख आसा शर्मा सिवाकोटी लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत रेणुका मैनालीले गर्नुभएको थियो ।