बोलोचाेक बहुउद्देश्य संस्थाले उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

झापाको शिवशताक्षी नगरपालिका वार्ड नं ४ स्थित श्री बाेलाेचाैक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ५ दिनेआयोजना भाषण तथा उद्घघोषण कला,व्यक्तित्व तथा नेतृत्व विकास साथै माईनुट लेखन तालिम सम्पन्न भएको छ।
पाँच दिन सम्म चलेकाे तालिमबाट प्रशिक्षार्थीहरूले बाेल्न र लेख्न सक्ने भएको आयाेजकले जनाएको छ । बोलोचोक बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिवसत्ताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सहकारीले महिलाको आर्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएकाे छ । वडा नम्बर चार भित्रका आदिवासी जनजाति, विभिन्न समुदायका महिला तथा बालबालिकाहरूलाई बाेल्न सक्ने बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।
मुलुकको राजनीतिक ,सामाजिक , आर्थिक लगायतकाक्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै उहाँले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्याउन सहयोगी भुमिका खेल्ने समेत विश्वास व्यक्त गर्नुभयो। दक्ष जनशक्ती उत्पादनमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो।उहाँले आफुभित्र भएकाे निखारता बाहिर ल्याउन पनि प्रशिक्षणले ठुलो टेवा पुग्ने बताउनु भयो ।
पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको उहाँको भनाइ थियो।तालिममा सिकेको सिपलाई व्यवाहारमा उतार्न सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।
महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम आयोजनामा गरिएको सहकारीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयो । उनीहरूको सीपमा वृद्धि विकास गर्न सहयोग पुयाई आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको शाहको भनाइ थियो। आयोजक संस्था बाेलाेचोक सहकारी संस्थाले ३० जनाबाट स्थापना गरेको सहकारी संस्था हाल १८०० जना सदस्य बनाउन सफल भएको छ। यो संस्थाले विगतका दिनमा पनि सामाजिक रुपान्तरणका निमित्त यी र यस्ता खालका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ यस्ता खालका तालिम सभा समारोहहरुले महिलाहरूको क्षमता अभिवृद्धि गर्न महिलाहरुलाई नेतृत्व प्रदान गर्न र यो समाज रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको संस्थाका अध्यक्ष शाहले बताउनुभयो।
५ दिन सम्म संचालित तालिमलाई प्रशिक्षक लिला अनमोल र अधिवक्ता तथा सञ्चारकर्मी देबेन्द्र प्रसाईले सहजिकरण गर्नुभएको थियो। यसैगरी, समापन समारोहमा विभिन्न खेलहरू पनि खेलाइएको थियो । उक्त खेलमा प्रथम रञ्जित कुमार बेल्दार,द्वितिय स्थान दिलिप ताजपुरिया र तृतिय स्थान महेश्वर दुलालले प्राप्त गर्नुभएको थियो ।
समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिम उपलब्धीमुलक भएको बताएका छन् । प्रशिक्षार्थीको तर्फबाट मित्र कर्मकार , मेहक दास, गङ्गा ताजपुरिया, प्रसिद्धि दुलाल ,रितिसा शाह ,राधिका राजवंशी लगायतले माईन्युट तयार गर्न तथा अगाडी गएर बोल्न समस्या थियो तालिम पश्चात त्यो डर हटेको र आगामी दिनमा सजिलैसँग लेख्न र बाेल्न सक्ने भएको सहभागी प्रशिक्षार्थीहरूले बताउनुभयो ।