बिर्तामोड उधाेग वाणिज्य संघकाे लाेकतान्त्रिक प्यानलवाट उमेद्वारी घाेषणा


बिर्तामोड उधाेग वाणिज्य संघकाे आगामी फागुन १४ गते हुने निर्वाचन मा लाेकतान्त्रिक ब्यावसायिक प्यानलकाे उमेद्वारी घाेषणा कार्यक्रम सम्पन्न गरेकाे छ।
नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक ब्यवसायीक प्यानलले आज बिर्तामोडमा उम्मेद्वार घोषणा गरेको हो । मुल चुनाव प्रचारप्रसार समितिका संयोजक भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उम्मेद्वारको घोषणा प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेद्वार घोषणा गर्नु भएकाे थियाे।
लोकतान्त्रिक ब्यवसायीक प्यानलको तर्फबाट अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जिव घिमिरे, उद्योग उपाध्यक्षमा बिशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागांई, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल, सह–कोषाध्यक्ष तिलोत्तमा खत्रीको उम्मेद्वारी घोषणा गरिएको छ ।

त्यसैगरी सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेद्वारको घोषणा गरिएको छ ।
उमेद्वारी घाेषणा कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उधाेग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, बिर्तामोड उधाेग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाँई, नेपाली कांग्रेस झापा कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, देवी माबि ब्यवस्थापन समितिका अध्यक्ष आशिष बन,मारवाडि सेवा समिति का अध्यक्ष माेहन कुमार मित्तल,नेपाली काङ्ग्रेस प्रदेश सदस्य मिरा खड्का,रञ्जिता कार्कि,चेम्वर अफ कमर्स झापाका अध्यक्ष ओम कृण्ण बिमली,लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिवका उम्मेद्वार बर्तमान सचिव कुशल खतिवडाले गर्नु भएकाे थियाे। ।
