झापाको भद्रपुर ३ स्थित देउनियाँ पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको प्रहरीले जनाएको छ।
शनिबार राति मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुर–३ स्थित पुलबाट प्रदेश १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब ३० मिटर तल खसेको थियो।
भट्टराईको शव आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ।