झापा, असोज २९ । झापाको बिर्तामोडमा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ ।अर्जुनधारा ९ घर भई बिर्तामोड ९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका ३ वर्षीय छोरा हरि राम पाठकको मृत्यु भएको हो ।

आज दिउँसो ४.४० बजे घाँटीमा बिस्कुट सड्किएर सिकिस्त बनेका बालकलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा ल्याई पुर्‍याएर साँझ ५.१५ बजे डाक्टरले चेकजाँच  गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।