वीरता जेसिसले आफ्नो सप्ताह कार्यक्रम सम्पन्न
झापाको अग्रणी संस्था को रूपमा बिर्तामोडमा रहेको वीरता जेसीजले झापाका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गर्दै वीरता जेसीजले जेसीज सप्ताह सम्पन्न गरेको छ।
वीरता जेसीजले कात्तिक २८ गतेदेखि सात चरणमा सामाजिक, शैक्षिक र जनचेतनामूलक कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न गरेको छ।
गत कात्तिक २८ गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत पहिलो दिन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम ,दोस्रो दिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र ‘आफ्नो घर’ आश्रममा पौष्टिक आहार वितरण , तेस्रो चरणमा ट्राफिक सचेतना कार्यक्रम ,चौथो कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका मा रहेको गामस्टा स्विमिङ पुलमा पौडी (स्विमिङ) प्रतियोगिता , पाँचौँ कार्यक्रममा महेन्द्र नमुना ईङ्लिस विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम, छैटौँ कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखा र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल खेल र अन्तिम सातौँ दिन लागूऔषध र दुव्र्यसन विरुद्ध आमाको भूमिकासम्बन्धी प्रशिक्षण सहित सप्ताह समापन गरिएको थियाे।
समापन कार्यक्रम वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा त्यसैगरी प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू ,इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राई वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी,छठ सेवा समिति झापाकी अध्यक्ष संगीता रौनियार, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, इलाम–झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली, महिला उद्यमी संघ बिर्तामोडकी अध्यक्ष राधिका चुडाल, उद्योग वाणिज्य सङ्घ बिर्तामोडका सदस्य विपिन बजगाई, इनरह्वील क्लब बिर्तामोडकी अध्यक्ष लुना बस्नेत, छठ महिला मञ्चकी अध्यक्ष निशा गुप्ता, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, लाइन्स क्लब अफ स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, महिला उद्यमी संघ झापाकी वरिष्ठ उपाध्यक्ष युनिता दवाडी, पूर्व अध्यक्ष इन्दिरा खरेललगायतको अतिथ्यता रहेको थियो।
समापन कार्यक्रममा लागूऔषध नियन्त्रण तथा किशोर–किशोरीलाई दुव्र्यसनबाट जोगाउन आमाको भूमिकाबारे विशेषज्ञ जीवन भण्डारी र सञ्चारकर्मी प्रशिक्षक लीला अनमोलले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा आस्था बाचन अम्मरजीत साहले ,मिसन भिजन जुनियर जेसीजकी निसिम थाम्सुहाङले स्वागत गरेको कार्यक्रमको संयोजन कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसि)ले र सञ्चालन महासचिव विज्ञानराज पौडेलले गर्नुभएको थियो।

