मोरङको लेटाङ नगरपालिका – २ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा ” पक्राउ परेको छ । ” हत्यारा ” सोही ठाउँको बिचारी भनिने पदम अधिकारी रहेको प्रहरीले जनाएको छ। निजलाई पक्राउ गरीएकाे छ।

बालिका अंशु लाइ २ महिना अगाडि हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको निजले स्वीकारेको छ । घटना लगत्तै अधिकारी भारत आसामको तीनसुकिया पुगेको थियोे । फोन सम्पर्कपछि उ शुक्रबार घर फर्केको र सोही राति पक्राउ परेको अंशुको परिवारले जनाएको छ । निज अधिकारी विरुद्ध अंशुका बुबा नवीनले किटानी जाहेरी दिनु भएको छ । निज अभियुक्त लाई मोरङ प्रहरीले आइतबार बिहान १० बजे सार्वजनिक गर्दै छ । अंशुको असोज २१ गते कुकृत्यपछि हत्या भएको थियो । अंशुको शव घटना भएको १८ दिनपछि दुई टुक्रा पारिएको र सडेको अवस्थामा चिसाङ जंगलमा भेटिएको थियो ।