भद्रपुर झापा गोल्डकप अध्यक्षमा ढकाल पुन:निर्वाचित
भद्रपुर झापा गोल्डकपको दोस्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । गोल्डकपका संस्थापक अध्यक्षसमेत रहेका ढकाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।निर्वाचन समिति संयोजक दिपेन्द्र भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली चयन भएका छन् भने उपाध्यक्षमा डिल्लीराम घिमिरे ‘हिक्मत’, गौरव सुब्बा ‘मनोज’, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला तथा सह(कोषाध्यक्षमा नितेश बर्मा चयन भएका छन् ।२७ सदस्यीय कार्यसमितिका सदस्यहरूमा अर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका लगायत निर्वाचित भएका छन् ।
दिपेश ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कोशी प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, प्राध्यापक कृष्ण मैनाली, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकराज ढकाल तथा भद्रपुर–१० का वडा अध्यक्ष टेकबहादुर खड्का ‘काजी’ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ढकालले स्वागत मन्तव्यसहित अधिवेशनको औचित्यमाथि प्रकाश पारेका थिए भने सचिव तीर्थराज ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


