गजल-
बहर: मुतकारिब मुसम्मन सालिम ।

सधैँ लठ्ठ पार्ने इशारा हजुरको
पछ्यौरी र आँचल सितारा हजुरको

मनोहर छ उस्तै धरादेखि हेर्दा
त्यहीँ खास नौलो सहारा हजुरको

डुबेँ फेरि तिम्रो जुनेली वदनमा
धरोधर्म ज्ञानी छ पारा हजुरको

लुकाएर माया पिलाएर पानी
उठाएर तान्ने किनारा हजुरको

निशाको निशानी सुनौलो बिहानी
कहाँ तिर्न सक्थेँ यि भारा हजुरको

             

गम्भीर दुवाडी
गजुरी-धादिङ्ग