लुकाएर माया पिलाएर पानी

गजल-
बहर: मुतकारिब मुसम्मन सालिम ।
सधैँ लठ्ठ पार्ने इशारा हजुरको
पछ्यौरी र आँचल सितारा हजुरको
मनोहर छ उस्तै धरादेखि हेर्दा
त्यहीँ खास नौलो सहारा हजुरको
डुबेँ फेरि तिम्रो जुनेली वदनमा
धरोधर्म ज्ञानी छ पारा हजुरको
लुकाएर माया पिलाएर पानी
उठाएर तान्ने किनारा हजुरको
निशाको निशानी सुनौलो बिहानी
कहाँ तिर्न सक्थेँ यि भारा हजुरको
गम्भीर दुवाडी
गजुरी-धादिङ्ग
