“साउन हरियो रङ लिएर आयो

प्रकृति त हरियाली भयो,

मनैभरी हरियाली छायो।”

नेपाली पात्रोको चौथो महिना साउन महिना” हरियालीको महिना “ र वर्षा ऋतुको मध्य समय पनि हो। यो विशेष प्रकारको मान्यता बोकेको महिना पनि हो । हरियाली, प्रेम, प्रकृति , धार्मिक आस्था, परम्परा र आध्यात्मिक चेतनाको प्रतिक मानिन्छ। 

साउन महिनाले प्रकृतिमा हरियाली मात्रै होइन, मानिसको जीवनमा पनि नयाँ ऊर्जा  छरिदिन्छ । यो महिना हिन्दु धर्मावलम्बीहरूको आस्था र भक्तिको केन्द्रको रूपमा पनि परिचित छ। यस महिनामा भगवान शिवको विशेष पूजा–आराधना गरिन्छ। जनजनमा विश्वास छ कि यस महिनामा श्रद्धापूर्वक शिवको पूजा, व्रत र जलाभिषेक गर्दा मनोकामना पूरा हुने विश्वास छ। त्यसैले त साउनको सोमबार शिव मन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।

भजन–कीर्तन, पूजा र  रुदाभिषेक जस्ता कार्यक्रम गरि सोमबार शिव भगवानमा समर्पित गरिन्छ। हामीहरू शिव भगवानलाई शुद्ध जल, दूध, बेलपत्र, धतुरो, फूल आदि अर्पण गर्री शुद मनले दिनभरि व्रत बसी पूजा–आराधना गर्दा श्रद्धा, संयम, आत्मा अनुशासन पनि बढ्ने विश्वास गरिन्छ।

साउन भन्ना साथ हरियो रगको  महत्व पनि रहेको देखिन्छ। हरियो रङले जीवन, समृद्धि, शान्ति, आशा तथा प्रेम र ऊर्जाको प्रतीक मानिन्छ। यस महिनाभर विशेष गरी महिलाले हरियो चुरा, पोते, साडी लगाउने चलन पनि छ। हात भरि तिहुरी लगाएर सुत्ने चलन हराउदै गए पनि मेहन्दी लगाएर साउन महिनालाई सुनमा सुगन्ध छरिन्छ। यो हरियो रगको। सामानहरु सौन्दर्य प्रदशन मात्र नभई वैवाहिक सुख, दीघायु, सम्वदि र मंगल कामको प्रतिक पनि हो । धार्मिक आस्था सगै प्राकतिक विश्वास पमि साउनको महिनामा प्रस्सत जोडिएका छन्। पर्याप्त बर्षा हुने भएकाले हराभरा, शीतल र वातावरण स्वच्छ देखिन्छ। 

प्रकृतिको नियम र पानी, साउन महिनाभर परेको वर्षाले रूखबिरुवा, खेतबारी र वातावरण हरियाली देखिन्छ। त्यसैले सावनले परिवार, समाज र समुदाय बीच आत्मीयता बढाउने अवसर दिन्छ। भजन किर्तन आदिमा सहभागी हुँदा सामाजिक एकता बलियो हुन्छ। 

साउन महिना चाडपर्वहरूको सुरुवात हुने शुभ समय पनि हो। साउन लागेसँगै उल्लासमय वातावरण बन्दै जान्छ। तीज, रक्षाबन्धन, गाईजात्रा, क्रणा जन्माष्टमी, जनैपूर्णिमा, इन्द्रजात्रा, दशैं, तिहार  पर्वहरूको आगमनको संकेत गर्दछ। सावन महिनाले यसकारण साउन महिनालाई चाडपर्वहरूको प्रवेशद्वार  पनि मानिन्छ।

आजको बदलिदो जीवनशैलीमा साउनको वास्तविक महत्वलाई केवल धार्मिक र परम्परामा सीमित नराखी मूल सन्देश व्यवहारमा उतार्न जरुरी छ।

अन्त्यमा → साउनमा हामीलाई हरियो रङ जस्तै आशा, प्रेम, दया, करुणा तथा सकारात्मक सोचले हरेक समाज बनाउन प्रेरित गरोस्।

धन्यवाद

रेखा सापकोटा बिर्तामोड झापा