नेवाः पासा मुना पुचः बिर्तामोड को गत असार १३ गते सम्पन्न अधिवेशनबाट १७ सदस्य कार्यसमिति गठन भएको थियो।

दुई वर्षे कार्यकाल रहेको समिति मा अध्यक्ष मा राजिव श्रेष्ठ,उपाध्यक्ष कमल श्रेष्ठ,सचिव शर्मिला शाक्य,सह सचिव तारामणी श्रेष्ठ,कोषाध्यक्ष प्रविन शाक्य,सह कोषाध्यक्ष गितादेवी श्रेष्ठ रहनुभएको छ। त्यस्तै सदस्य हरुमा दिपेश बैध,सचिनराज खडगी,अनिता तुलाधर हलवाई,मिलु राजभण्डारी,गम्भीर रत्न शाक्य,प्रनिता श्रेष्ठ,भिम बहादुर श्रेष्ठ,जतिन श्रेष्ठ,मिलन श्रेष्ठ ,प्रभात मास्के र अलिना प्रधान उदाश रहनुभएको छ। 

उक्त समितिले आज बिर्तामोडमा एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ। निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन अधिकृत प्रमेस हलवाईले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।कार्यक्रममा बिर्तामोड नगर पालिकाको उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नेवारी संस्कृतिको सांस्कृतिक बाजा धिमे बाजाले अतिथिहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमको सञ्चालन नयाँ कार्यसमिति सचिव शर्मिला शाक्यले गर्नुभएको थियो।