झापामा अत्याधुनिक उपकरणसहितको ईको साइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिस अषाढ २५ गते उद्घाटन
झापाको अर्जुनधारा–६ छाताचौकमा ईको साइन हव प्रालिले ईको साइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिस सञ्चालनमा ल्याएको ईको साइन हव प्रालिका सञ्चालक नवीन ढुङगानाले बताउनुभएको छ। बिर्तामोडका चार जना युवाहरु मिलेर स्वदेशमा नै केही गरौं भन्ने उदेश्यले लण्ड्री सञ्चालनमा ल्याउन लागिएको डाइरेक्टर तथा फाउण्डर सोभित प्रसाईले बताउनु भएको छ ।प्रसाईं का अनुसार दैनिक ३ हजार केजीसम्म कपडा धुने क्षमता रहेको अत्याधुनिक मेसिन जडान गरिएको छ।

इकाे साइन हव प्रालिका एसिस्टेण्ट डाइरेक्टर गोविन्द श्रेष्ठले आगामी असार २५ गते उद्घाटन गरिने ईको साइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिसमा करिब दुई करोड लगानी गरिएको जानकारी दिनुभएको छ । ईको साइन हव प्रालिका टेक्निकल कन्सल्टेन्ट उज्जवल उप्रेतीले अन्तर्राष्ट्रिय स्तरको मेसिन र प्रविधीको प्रयोग गरी होटल,हस्पिटल,बैंक,विद्यालय, होस्टल,संघसंस्था तथा घरायसी प्रयोजनका हरेक प्रकारका कपडाहरूको व्यावसायिक धुलाई र सुकाई गरिने र धेरैमा २४ घण्टाभित्र ग्राहकलाई दिइने उप्रेतीले बताउनुभएको छ। चाँडै नै कपडामा लागेका कुनै पनि दागहरू १५ मिनेटभित्रमा सफाइ गरेर दिइने पनि बताउनुभएको छ। ईको साइन हव प्रालिका विजनेश एडभाइजर नविन ढुंगानाले पछिल्लो समय कपडा तथा विभिन्न माध्यमबाट सर्ने संक्रामक रोग र कीटाणुहरूको जोखिमलाई मध्यनजर गर्दै कपडाको गुणस्तर कायमै राखी तिनलाई सुरक्षितस्तरसम्म किटाणुमुक्त गर्न यो अत्याधुनिक लण्ड्री सेवा सञ्चालनमा ल्याएको बताउनु भयो। उच्च गुणस्तरीय सेवा प्रदान गर्ने हिसाबले पूर्वमै सबैभन्दा ठूलो लण्ड्री सञ्चालनमा ल्याउन लागिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । चार वटा मेसीन मार्फत कपडा धुलाई गरिने सञ्चालकहरुले जानकारी दिएका छन् ।हाल झापा को बिर्तामोड अर्जुनधारा भद्रपुर काँकरभिटा र पश्चिममा दमक र इटहरीका उपभोक्तालाई सेवा दिइने र केही महिनापछि पूर्वका इलाम मोरङ र सुनसरी सम्म विस्तार गरिने जानकारी दिनुभएको छ। २ करोड लगभग को लगानीमा सञ्चालित कम्पनीमा हाल २० जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने सञ्चालकहरुले जानकारी दिनुभएको छ। ।


