बुट्टाबारी युनाइटेड क्लबले खर्च सार्वजनिक,३ लाख ३६ हजार वचत
बिर्तामोड वार्ड नं ६ मा रहेको बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा सम्पन्न भएको चौथो एनी बुट्टाबारी गोल्डकप को खर्च सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ। बिर्तामोड नगरपालिकाबाट बजेट ढिलो आएको कारण आफूले खर्च सार्वजनिक गर्न नपाएको बुटावारी युनाइटेड क्लबका अध्यक्ष रविन राईले बताउनुभएको छ। चौथो एनी गाेल्डकप २०८२ /०८३ सम्पन्न भएको आज दुई महिना पछाडि युनाइटेड क्लबले हिसाब सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमको अध्यक्षता बुटाबारी युनाइटेड क्लबका अध्यक्ष रबिन राई अध्यक्षता र प्रमुख अतिथि बिर्तामोड नगरपालिका वार्ड नं ६ का वडा अध्यक्ष सुर्य प्रसाद कन्द्ङवा विशिष्ट अतिथि हरु बिर्तामोड वार्ड नं ६ का वडा सदस्य जीवन वास्काेटा,खेम अधिकारी ,गिता रेग्मी,समाजसेवी राम कन्दङ्वा, हरियाली वनका अध्यक्ष जगत राई, गणेश कन्दङ्वा,कृण्ण माया चौधरी,भीष्म भण्डारी ,जय वहादुर लिम्बू,आसा राई,बुद्धि राम भट्टराई लगायतको आतिथ्यता रहेको थियो।
सार्वजनिक कार्यक्रममा अन्तर्गत आज सार्वजनिक भएको हिसाब खर्चमा २१ लाख ९४ हजार ७९२ रूपैयाँ आय भएको त्यसमा रसिदबाट उठेको रकम १० लाख २८,०६६, नगरपालिका र वडाबाट प्राप्त ९,४४,५०४ त्यस्तै प्रथम पुरस्कार बापत २ लाख २२ हजार २२२ रहेकाे छ।
त्यस्तै खर्चबापत ग्राउन्ड व्यवस्थापनमा २ लाख, प्रिन्टिङ स्टेसरीमा १ लाख १५,३९४ ,मेडिकल सामग्रीमा ५० हजार, प्रथम पुरस्कार २ लाख २ हजार २२२, दोस्रो पुरस्कार १ लाख११ हजार १११, त्यस्तै प्रचारप्रसारमा १ लाख ,खेलाडी फियर चार्जमा ४ लाख ,होम टिम खर्चमा २ लाख ५० हजार, साउन्ड सिस्टम ७० हजार ,कार्यक्रम व्यवस्थापनका लागि १ लाख ,र विधागत पुरस्कार ६० हजार गरेर जम्मा १८ लाख ५८,७२७ खर्च भएको छ। अहिले यस संस्थाको बैंक खातामा रहेको मौजदात रकम ३ लाख ३६ हजार ६५ रुपैयाँ रहेको कोषाध्यक्ष पुण्यप्रसाद तिम्सिनाले बताउनुभएको छ।

कार्यक्रमको बीचमा बिर्तामोड नगरपालिकाका वार्ड नं ६ का वडाध्यक्ष सुर्य प्रसाद कन्दङ्वा क्लबलाई यो अवस्थासम्म ल्याइ पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याउनुभएकोमा कदर पत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना हरियाली वनका अध्यक्ष जगत राई, सल्लाहकार राम कुमार कन्दङ्वाले शुभकामना दिनु भएकाे थियाे।प्रमुख अतिथि कन्दङ्वाले आफू सधै युवा हरुकाे साथमा रहेकाे र सधै रहने वचन वद्दता दिनु भयाे। उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव टिकाराम बिष्ट (राम)ले गर्नुभएको थियो।

