“स्वच्छ खानेपानी स्वस्थ र सभ्य नागरिक” भन्ने मूल नाराका साथ बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो आठौं कार्यकालमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धि र भावी योजनाहरू आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। 

संस्थाका अध्यक्ष मेघराज बास्तोलाका अनुसार बिर्तामोड खानेपानीले ११ हजार धारामा चौबीसै घण्टा सेवा उपलब्ध गराउँदै आएको छ। बिर्तामोड नगरपालिकाका सम्पूर्ण १० वटै वडा र छिमेकी नगरपालिका अर्जुनधाराका वार्ड नम्बर ५ ६ र ११ का केही भागमा पानी वितरण भइरहेको छ 

तीन थान ओभरहेड र थप दुई ठाउँको आयोजनासहित ५७५ किलोमिटर पाइपलाइन मार्फत १ हजार धाराबाट करिब १ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रुपमा २४सै घण्टा शुद्ध खानेपानी पुर्‍याइएको छ 

बिर्तामोड खानेपानीको प्रगति विवरण एसियन हाइवे चारालीको देउनिया पुलदेखि पश्चिममा लक्ष्मीपुर घाग्रा पुल सम्मको निर्माणका क्रममा क्षति पुगेको पुरानो पाइपलाइनको सट्टा दुवैतर्फ छ छ किलोमिटर नयाँ पाइपलाइन विस्तार भइरहेको छ। साथै सनिश्चर रोड हर्कलाल मार्ग क्षेत्रमा एसडीपीइ पाइप विस्तार गरिएको त्यस्तै जग्गा खरिद गरी नयाँ डिप बोरिङ फिल्टर प्लान्ट र पर्खाल घेराबारा गरिएको छ अर्जुनधारा ६ मा फिल्टर प्लान्ट र २०० केभिएको ट्रान्सफरमा जडान अन्तिम चरणमा पुगेको अध्यक्ष बास्तोलाले बताउनुभएको छ। त्यस्तै विराटपहर बोरिङको पानी शुद्धिकरण गरी गराउने सैनिक पदार्थमा वितरण सुरु गरिएको संस्थाले जनाएको छ। प्रत्येक उपभोक्ताको घरमा क्युआर कोडसहितको हाउस नम्बर 

 प्लेट प्रिन्ट गरी लगाउने कार्य जारी रहेको संस्थाले जनाएको छ। 

भावी योजनाहरू 

बिर्तामोड नयाँ बसपार्कमा थप एक बोरिङ जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। बिर्तामोड नगर क्षेत्रभित्र सञ्चालनमा आएका र नआएका अन्य खानेपानीहरुलाई पनि एकीकृत सामुदायिक खानेपानीको अवधारणा अनुसार एकीकृत गर्दै लगिने योजना रहेको छ। चारपानी चोकबाट दक्षिण पारदशी र हल्दीबारी सिमानासम्मका उपभोक्तालाई पानी उपलब्ध गराउने उद्देश्यले यस क्षेत्रमा पनि थप आयोजनाहरू सञ्चालनमा ल्याइनेछ। 

समस्याहरू 

जथाभावी रूपमा गरेको जग्गाको प्लटिङ बाटो ढल लगायतको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइपलाइनमा अत्यधिक क्षति पुग्ने गरेको जनाएको छ। विगत ३० वर्षदेखि विस्तार गरिएको पाइपलाइन तथा भल्ब चेम्बरहरु हाल सहरीकरण र सडक विस्तार गरिएकाले धेरै क्षेत्रमा पाइप बढी गहिराईमा परेको तथा सडकको बीचमा परेकाले पाइपलाइन मर्मत तथा नयाँ धारा जडानमा कठिनाई उत्पन्न हुने गरेको अध्यक्ष बास्तोलाले बताउनुभएको छ। 

बिर्तामोड खानेपानीको १४ करोड ऋण चुक्ता भएको र अब उपभोक्ताको माग अनुसार सम्पूर्ण खानेपानी सम्पूर्ण घरहरूमा शुद्ध खानेपानी  पुर्‍याइने र उपभोक्ताहरूले महसुलमा केही राहत पाउन सक्ने समेत आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

कार्यक्रममा बिर्तामोड खानेपानीका सल्लाहकारहरू हर्कलाल गिरी, राजकुमार पोखरेल मदनगोपाल सुब्बा राजेन्द्र लिङ्देन चन्द्रा सेडाई र पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी लगायतको आतिथ्यता रहेको थियो। 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारस मैनालीले गर्नुभएको थियो।