भृकुटी अस्पताल बैशाख अन्तिम साता वाट पुर्ण रुपमा सञ्चालन मा आउने
बैशाख २०

अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको भृकुटी अस्पताल कमलले भेन्टीलेटर सहितको आइसीयु १०शैश्याको सेवा बैशाखको अन्तिम साता सम्म सञ्चालनमा ल्याउने जनाएको छ ।
भृकुटी अस्पताल झापाको कमल ५ स्थित पाडाजुङ्गी चोक नजिक आदिवासी रङ्गशालाको दक्षिण राजमार्गमा निर्माणधिन अस्पतालमा भेन्टीलेटर सहितको आइसीयू यही बैशाखको अन्तिम साता देखि सञ्चालनमा आउने भएको हो ।
तीन बिघा क्षेत्रफलमा रहेको अस्पतालले निर्माण अन्तिमचरणमा रहेको छ। केही साता अघि बाट ओपिडी सेवा भने सञ्चालनमा रहेकाे छ ।
आम नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ओपिडी सेवा शुल्क १०० लिने गरेको र ल्याव मा २०% छुट दिई रहेकाे भृकुटी अस्पताल कमलको सञ्चालक प्रताप कार्कीले बताउनु भयो ।
अस्पतालले,ल्याबपरीक्षण,रेडियोलोजीमा,आकस्मिक,प्रयाेगशाला,स्वास्थ्य परीक्षण लगायतका सेवा उपलब्ध गराइ रहेको अस्पतालका सञ्चालक कार्की ले बताउनु भयाे।
यस अस्पतालबाट झापा मात्रै नभई इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ,सुनसरी लगायतका जिल्लाका नागरिक लाभान्वित हुनेछन्।
