रोजिन स्मृति साहित्य पुरस्कारबाट अनमोल सम्मानित
स्रस्टा सम्मान एवं पुरस्कार समर्पण कार्यक्रम २०८३आज सम्पन्न भएकाे छ।शिवसताक्षी प्रेस क्लवकाे संयाेजनमा प्रेस क्लवका अध्यक्ष सेलिङ केसिकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे प्रमुख अतिथि बरिस्ठ कवि मनु मञ्जिल रहनु भएकाे थियाे।बिशिस्ट अतिथि शिवसताक्षि नगरपालिका का अध्यक्ष मेघाहाङ थाेप्रा राेसन,प्राज्ञ सुमित्रा वाङदेल चेली,प्राज्ञ मुना राज सेर्मा लगायतकाे आतिथ्यता रहेकाे थियाे। कार्यक्रममा झापा र मोरङका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
मनाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट ब्लास्ट टाइम्स का कार्यकारी सम्पादक भोजराज श्रेष्ठ ,रोजिन स्मृति साहित्य पुरस्कार साहित्यकार लिला अनमोल ,रत्न ,लोक लीला लावती स्मृति साहित्य पुरस्कारबाट आख्यानकार रन्जिला लिम्बु लाई सम्मान र पुरस्कृत गरिएको थियो।
पुरस्कृत र सम्मानित व्यक्तित्वको बारेमा प्राज्ञ मुनाराज शर्माले चर्चा परिचर्चा गर्नुभएको थियो।
सम्मानित व्यक्तिको परिचय रोहिणी दवाडी ,साहित्यकार अभागी थेगुवा दिलिप घिमिरेले दिनुभएको थियो।
कार्यक्रममा पाँचजना कविहरूले कवितावाचन गर्नुभएको थियो। कविचन्द्र गुरुङ मिना श्रेष्ठ कृष्ण काश्यप निर्मला प्रधान र युग योगी राई ले आफ्ना कविताहरु वाचन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालक गजलकार विवस बलिभद्र कोइरालाले गर्नुभएको थियो।

