उमेर
उमेर बढ्दै जादा
भन्न मन लाग्दो रहेछ
उमेर त केही होईन
एउटा नम्बर मात्रै हो
तर,
किन पो यो यसरी
हवात्त ह्वात बढिरहेछ,
क्यालेन्डरका पाना फेरिने
जस्तै रहेछ,
वर्षहरुले होईन, संख्याले मात्रै
सोचहरुले जोडिने रहेछ।
उमेरले त केवल
अनुहारमा रेखा कोर्छ
सवैलाई सबै चीज बढेकै मन पर्छ।
धन, सम्पत्ति , यस, गौरव, सन्तति
तर उमेर,
केहीबेर रोकिए हुन्थ्यो नि,
विर्क्षाम गरे हुन्थयो नि,
उमेर,
किन यसरी पो बढिरहेको छ
मैले यसका लागि केही गरिदिएकी छैन
तैपनि मलाई पतै नदिई बढिरहेछ
म ननिदाउदा पनि बढछ
निदाउदा पनि बढ्छ,
न म मलजल गर्छु, न त गोडमेल,
थकाई लाग्दैन,
( एकछिन त सुस्ताउन ए)२
मलाई छोडिएका सबै पल
फेरि जीउन मन छ,
त्यो कन्दरा, ति सुनाखरी,
त्यही कुवा अनि ऐसलुका झांगसग
लुकामारी गर्न मन छ,
झोला भरि पुस्तक भरी
स्कुल जान मन छ,
रहर लाग्दो समयको
एक पल बाच्न मन छ,
पुर्णे बजारको मेला भर्न
अनि फिक्कल चोकको साकेला नाच्न
अझै रहर छ, माईखोलाको दोभानमा माघी नाप्न मन छ,
चकटी भरि सपनाका सयपत्री उनी
लालीगुरासको रंग भरी
मस्त मस्त रंगीन मन छ,
नास्पतिका फल अनि मेलको दाना खादै ति पहारिला पहाड़ चढ्न मन छ,
सपनाको च्यादरमा आशाको विस्कुन सुकाउन मन छ ,,
तिमीले छोडेको यादहरु फेरि
डोब वनाएर खोत्लन मन छ।
उमेर,
उमेर बढ्दै जादा
भन्न मन लाग्दो रहेछ
उमेर त केही होइन
यौटा नम्वर मात्र हो,
तैपनि किन यो यसरी ह्वातह्वात बढिरहेछ ।
रेखा सापकोटा बिर्तामोड झापा।
