म ठीक छु
म आफैँमा,
कसैको आदत
बन्नु ‘नि छैन
कसैलाई आदत
बनाउनु ‘नि छैन
भन्दाभन्दै,
तिमी कसरी
मेरो आदत भयौ
पत्तै भएन ।

म छु,
मेरा छाया
कि मेरा अघि
कि मेरा पछि
हिड्छन्
तिमी भने मेरो
हर सास
हर पल
मसँगसँगै
लगातार-निरन्तर
उकाली ओराली
हिडिरहेका छौ ।

मेरा नसा-नसामा
रगतसरि
अविरल बग्ने
आखिर
को हौ तिमी
के हौ तिमी ??

के तिमी मेरा
अतीत हौ
कि
तिमी मेरा भविष्य ??
**
साहित्यकार जानु धिताल।हाल बिर्तामोड झापा ।