इथा’ उपन्यासमाथि विमर्श हुने

बिर्तामोड ,झापा।“साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” को पहिलो दिन, यही जेठ ९ गते शनिबार, इटहरीमा केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना हुने भएको छ ।
फाईन प्रिन्ट काठमाडौबाट प्रकासित उपन्यास इथाको सोही कार्यक्रममा गृह विमोचन पनि गरिने छ ।
इथा इटहरीका एक प्रतिनीधि लेखक केशव दाहालको कृती हो ।
साहित्य, सङ्गीत र बौद्धिक साधनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस उत्सवले समकालीन साहित्यिक तथा सांस्कृतिक चेतना र सिर्जनात्मक संवादलाई एक नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । सोही उद्देश्यअनुसार उत्सवको पहिलो दिन, समकालीन आख्यान क्षेत्रको एक सशक्त कृति ‘इथा’ माथि विमर्श गर्न लागिएको हो ।
जसमा भूषिता वशिष्ठ, लीला अनमोल र केशव दाहालले उपन्यासमाथि विमर्ष गर्ने छन् ।
कार्यक्रम ०८३, जेठ ९ गते शनिबार, दिउँसो ३ बजे, दुर्गा पार्टी प्यालेस, इटहरीमा आयोजना हुनेछ ।
फाइन प्रिन्ट र सङ्गीत साधना प्रतिष्ठान, नेपाल (इटहरी)को संयुक्त आयोजना हुने कार्यम्रमलाई सफल बनाउन स्थानिय क्षेत्रका प्रतिष्ठित साहित्यिक तथा सामाजिक संस्थाहरुले सहकार्य गरेका छन् । जसमा शब्द प्रवाह, इटहरी; क्यानभास साहित्य समाज, तरहरा; सङ्गीत साधना साहित्य प्रतिष्ठान; जनसहयोग मञ्च २०५० समूह; लायन्स क्लब अफ तरहरा; रोटरी क्लब, इटहरी; इटहरी जेसीज; तरहरा जेसीज; लेडी जेसीज, इटहरी; मेघा इभेन्ट, इटहरी; फाइनल, इटहरी; धरनीधर स्मृति प्रतिष्ठान; अभियान नेपाल, सुनसरी; सेतो गुराँस, सुनसरी; लिबरल सोसाइटी, तरहरा; तथा इटहरी उपमहानगरपालिका वडा नं. २० आदी छन् । यसैगरी कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश तथा इटहरी उपमहानगरपालिकाको सहयोग रहने छ ।
साहित्य, सङ्गीत र बौद्धिक साधना केवल कृयाकलाप मात्र होईनन्, यी हाम्रो समाजका ऐना, समयका दस्तावेज र मानवीय संवेदनाका जीवित अभिव्यक्ति हुन् । यो अर्थमा, ‘इथा’ पनि त्यस्तै एक सशक्त कृति हो, जसले हाम्रो ऐतिहासिकता, सामाजिक यथार्थ, सभ्यताको बृहंगम रंग र अनुभूति समेट्ने प्रयास गरेको छ । त्यही कारणनै “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” को सन्दर्भ पारेर ‘इथा’ माथि विमर्षगर्न लागिएको हो । जसले आख्यान लेखनको सौन्दर्य, संवेदना र भावसँग पाठकलाई एकिकृत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रमले साहित्यिक विमर्शलाई केवल बौद्धिक तहमा मात्र सीमित नराखी भावनात्मक र सौन्दर्यात्मक अनुभवमा रूपान्तरण गर्ने समेत अपेक्षा गरिएको छ ।
कार्यक्रमको थप आकर्षणका रूपमा प्रीतम आचार्यको सांगीतिक प्रस्तुति रहनेछ ।
“साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” आयोजनामा संलग्न सबै संस्थाहरुले सम्पूर्ण साहित्यप्रेमी, बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुलाई कार्यक्रममा सहभागी भई यस सृजनात्मक यात्रालाई सफल बनाउन सहयोग गर्न हार्दिक आह्वान गरेको छ ।
