बिरिङ खोलामा डुबेर एकजना बालिकाको मृत्यु
झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कनकाई–१ निवासी कुलबहादुर रसाइलीकी छोरी पाँच वर्षीया सोनिया रसाइली रहेकी छन् ।
उनी आज बिहान १० बजे हराएको भन्दै आमा अमृता रसाइलीले दिउँसो ३ बजे अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा जानकारी गराएकी थिइन् ।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खोज तलासमा खटिएको थियो ।खोजी गर्ने क्रममा कनकाई–८ स्थित बिरिङ खोलामा डुबेको अवस्थामा बालिका सोनिया मृत फेला परेकी प्रहरीले जनाएको छ ।

