झापा बिर्तामोड कार्तिक १४, २०८२।  एपेक नेपालको आयोजना हुने ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । भोलि अर्थात कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसरी जिल्लाको इटहरीमा हुने महोत्सवमा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् । आयोजक सस्थाका कार्यकारी निर्देशक एवं चलचित्र निर्देशक, कवि राजेन्द्र सलभले कार्यक्रम भब्य र ऐतिहासिक रहने बताउनु भयो।  आयोजक एपेक नेपाल उपाध्यक्ष एवं चर्चित कवि बिश्वबिमोहन श्रेष्ठले भन्नुभयो , ‘हामीले सम्पुर्ण तयारी पूरा गरिसक्यौ , अब यहाँहरुको स्वागतमा जुट्ने जमर्कोमा छौ। सबै सहृदयी शुभेच्छुकहरुमा हाम्रो सादर आमन्त्रण ।’ एपेक काव्य महोत्सवको यो दोस्रो संस्करण एउटै मन्चमा बसेर समग्र राष्ट्रको समकालिन काव्यिक आनन्दिको महशुस गर्ने सुन्दर अवसर हुने भन्दै आयोजकले काव्यानुरागी सबै कवि , श्रस्टा, सर्जकमा  सहभागिताका लागि आग्रह समेत गरेको छ ।

यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलास, मेधश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण ‘मनोरमा’, गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जि.एम., कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बताश सहभागी हुनेछन् । कार्यक्रम कवि एवं सफल उद्घोषण लिला अनमोलले सन्चालन गर्नुहुनेछ।