बिर्तामोडमा ट्राफिक संकेत होडिङ बोर्ड राखियो, सहयोगदाताहरू सम्मानित

बिर्तामोड, झापा
बिर्तामोडस्थित प्रहरी चौकी बिर्ताबजारको प्राङ्गणमा ट्राफिक प्रहरी को आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा भद्रपुर रोडअन्तर्गत प्रहरी चौकीदेखि आदर्श टोलसम्म लगायत वडा नं. ३ का संवेदनशील क्षेत्रहरूमा ट्राफिक संकेतयुक्त होडिङ बोर्डहरू र जेब्रा क्रस राखिएको छ। उक्त होडिङ बोर्ड स्थापना गर्न सहयोग गर्ने दाताहरू तथा सहयोगी महानुभावहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। सहयोगी दाताहरूमा मेची आँखा अस्पताल मेची आई स्थेटिक, महेन्द्र रत्न मावि बिर्ता बजार प्रकाश पेट्रोल पम्प र चेतन बस्ने चस्मा घर लाई धन्यवाद र सम्मान गरिएको थियो।
कार्यक्रमको आयोजना ट्राफिक प्रहरी पूजा प्रसाईंकाे संयोजनमा भएको थियो। ट्राफिक प्रहरी प्रसाईले आफ्नो पहलमा हल्दीबारी वार्ड नं १ र २ त्यस्तै बिर्तामोड ३ र १० मा गरेर १४ वटा जेब्रा क्रस र विभिन्न ठाउँमा ट्राफिक संकेत होडिङ बोर्डहरु राखिएको छ।

आजको कार्यक्रमको बिर्ताबजार प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कोइरालाको अध्यक्षता र बिर्तामोड वार्ड नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतित्यथामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष राईले दाताहरुलाई सम्मान र धन्यवाद व्यक्त गर्नुभएको थियो। त्यस्तै वडाध्यक्ष बुढाथोकीले यस क्षेत्र मा दिनैपिच्छे जस्तो सडक दुर्घटना भई मानिसहरूको ज्यान गइरहेको हुँदा सचेतनाका लागि केही सुधार हुन्छ कि भनेर वार्ड नम्बर ३ का विभिन्न ठाउँमा जेब्रा क्रस र ट्राफिक चिन्हअङ्कित होडिङ बोर्डहरू राखिएको र सम्पूर्ण यात्रु महानुभावहरुलाई सतर्क भएर यात्रा गर्न समेत अनुरोध गर्नुभएको छ।

कार्यक्रममा बिर्तामोड वार्ड नं ३ का वडा सदस्य हरि बास्कोटा , महेन्द्र रत्न माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद न्यौपाने समाजसेवी केशव पाठक, आलोक श्रेष्ठ,जगन्नाथ भट्टराई,अमोद दाहाल,सरोज तिमल्सिना, पत्रकार देवेन्द्र प्रसाईं, रमेश तिवारी, कोसिस घिमिरे,युवा व्यवसायी दिवाकर प्रसाईं, लगायतकाे आतिथ्यता रहेको थियो।
संवेदनशील सडक क्षेत्रमा राखिएका ट्राफिक संकेतहरूले सवारी दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
