२०८२ कार्तिक २६ गते, बुधबार

दीपक मित्तल

समाजसेवा र शिक्षा क्षेत्रप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै मारवाड़ी युवती मञ्चद्वारा बारदशी गाउँपालिका अन्तर्गत रहेको घोडामारा आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरूलाई ड्रेस तथा खाजा वितरण गरेको छ।

मारवाडी युवती मञ्चकी अध्यक्ष  रिचा मङ्गलको अध्यक्षतामा भएको कार्यक्रममा मारवाड़ी सेवा समितिका अध्यक्ष  विजयकुमार गोयल, मारवाड़ी महिला मञ्चकी अध्यक्ष  नीलम अग्रवाल, विद्यालयका प्रधानाध्यापक  कमल चाम्लागाईं, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिती रहेको थियो।

जाडोको चिसो मौसमलाई दृष्टिगत गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ५६ सेट हाउस ड्रेस वितरण गरिएको थियो। साथै, उपस्थित सम्पूर्ण विद्यार्थीहरूका लागि स्वादिष्ट खाजाको व्यवस्था समेत गरिएको थियो।

कार्यक्रममा प्रधानाध्यापक चौलागाईंले बिर्तामोडदेखि आएर यस स्कुलमा रहेका छात्रछात्राहरूलाई पोशाक वितरण गरेकोमा मारवाडी युवती मञ्चलाई धन्यवाद व्यक्त गर्नुभएको छ। यस्ता कामहरू ले विद्यार्थीको मनोबल मा वृद्धि भई सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरु को पढाइमा पनि मन जाने उल्लेख गर्नुभयो। फेरिपनि यस्तो सहयोगको अपेक्षा रहेको बताउनुभयो।

उक्त कार्यक्रमले विद्यालयका बालबालिका हरु खुसी र प्रफुल्लित देखिएका थिए।