शिवसताक्षी नगरपालिका ४ मा रहेको श्री बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सहकारीकाे दाेश्रो वार्षिकोत्सवकाे शनिबार उद्घाटन गर्दै शिवसताक्षी नगर पालिकाकी उपमेयर नरमाया कार्कीले , ऐन नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने बताउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भई काम गर्न मार्ग निर्देश गरेकी थिईन् । संस्थाले छोटो समयमै सदस्यको भावना बुझेर सशक्त रुपमा कार्यसम्पादन गरेको भन्दै खुसी व्यक्त गर्दे उपमेयर कार्कीले सदस्यहरुलाई ढुक्क रही कारोबार गर्न सुझाव समेत दिईन् ।

यस्तै, छोटो समयमा संस्थाले गरेको १००% ऋण असुली, बढ्दो शेयर, बचत र ऋण लगानी र अन्य प्रगती गरिमामय रहेको अतिथीहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सभाले आफ्नो नाममा जग्गा खरिद गर्ने,शिवसताक्षी नगरपालिकालाई विद्युतिय प्रणालीद्वारा नगतरहित पालिका बनाउने,संस्थाका सदस्यहरुलाई सरकारद्वारा दिईने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने,नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीहरुबिच सुमधुर सम्बन्ध कायम गरी सामुहिक कार्य गर्ने आदि जस्ता निर्णयहरु सर्वसहमत पास गरेको छ।

सहकारीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताए । अध्यक्ष शाहको सभापतित्वमा भएको कार्यक्रममा २४ जना जेष्ठ नागरीक सदस्यहरुलाई सम्मान समेत गरेकाे थियाे ।

बलराम ताजपुरियाले संचालन गरेकाे उक्त कार्यक्रममा बावुलाल राजवंशी, प्रेम लिम्बु र सहदेव ताजपुरियाले विशेष सहयाेग रहेकाे थियाे। सहकारीका मूल्य मान्यता एवम् सिद्धान्त बमोजिम नियामक निकायको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै चालु आ.व. मा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको कार्यक्रमहरु, वार्षिक कार्ययोजनाका कार्यक्रमहरु र छाता संगठनहरुसँग सहकार्य गर्दै विविध तालिम, अन्तरक्रिया तथा अन्य आवश्यक कार्यक्रमहरू संस्थालाई दिगो एवम् सदस्य केन्द्रित विधिबाट संचालन गर्ने प्रतिवद्धता वार्षिक साधारण सभाले गरेको छ

यसैगरी, सबै भन्दा लामो समयसम्म कार्य गर्ने कर्मचारी जुनु कुमारी ताजपुरिया, अनुसासित कर्मचारी अनामिका राजवंशी, सक्रिय कर्मचारी देवन्ती राजवंशी, उत्कृष्ट वचतकर्ता इन्द्रा देवी चुडाल र  सुबोध कुमार शाह, उत्कृष्ट ऋणी महेश सिंह राजपुत र लुपी ताजपुरिया रहेका थिए ।

संचालक समितिहरुमा अध्यक्ष डा. धर्मेन्द्र कुमार शाह,उपाध्यक्ष  पवित्रा ताजपुरिया,सचिव जनु कुमारी ताजपुरिया,सहसचिव  अनिता दुलाल,कोषाध्यक्ष प्रभा ताजपुरिया,सदस्य काचाली ताजपुरिया,निर्मला ताजपुरिया, लक्ष्मी ताजपुरिया,माया कुमारी ताजपुरिया त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा संयोजक  सुनीता कुमारी राजवंशी सदस्य चन्द्र प्रसाद ताजपुरिया,शुवास पाेद्दार रहेकाे छन।

त्यस्तै ऋण समितिमा संयोजक सुशिला ताजपुरिया
सदस्य दिल नारायण ताजपुरिया, गंगा कुमारी ताजपुरिया रहेको छन।