हरित महिला समूह ईलामले दुई दिने नेतृत्व तालिम

स्थानिय महिलाहरुको क्षमता अभिबृद्धिका लागि सकारात्मक नेतृत्व विकास सम्बन्धी २ दिने तालिम माघ ३ गते ईलाम नगरपालिका ८ नं. वडाको सभाहलमा सम्पन्न भएकाे छ। हरित नगर महिला समूह इलामकी अध्यक्ष रिना घिमिरे घलेको अध्यक्षतामा,इलाम नगरपालिका वार्ड न: ८ का वडा अध्यक्ष दलमान तामाङ्ग को प्रमुख आतिथ्यतामा ,७ नं. वडाका वडा अध्यक्ष नरेश श्रेष्ठकाे बिशेष अतिथि रहनु भएकाे थियाे।
प्रमुख अतिथि तामाङ्गले विधिगत रुपमा कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएकाे थियाे। वार्ड नः ८ काे सहयोगमा हरित नगर महिला समूह इलामको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा ८ नं. वडाका स्थानिय महिला दिदीबहिनीहरु, वडाका जनप्रतिनिधि हरु, उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई , स्थानिय पत्रकार हरु समेतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रशिक्षक रेडियो विराट काे प्रवन्ध निर्देशक लिला अनमोल ले गर्नु भएकाे थियो ।२ दिने कार्यक्रम काे समापन आज हुदैछ।

