यहि अजाेज ११ र १२ गते काे अविरल वर्षाले ज्यान गुमाउने काे संख्या २०० नाघेकाे छ।पुर्वि नेपालमा पनि ज्यान गुमाउने काे संख्या १४ पुगिसके काे छ।झापामा मात्र पनि २ जनालाई वाढिले वगाएर बेपत्ता वनाएकाे थियाे।वाढिले वगाएर कचनकवल १ निवासी १४ वर्षीय नेहारिका राजवंशी पनि ज्यान गएकाे छ उनी लाई स्थानिय खाेलाले वगाएर २ दिन पछि धानवारीमा मृत अवस्थामा भेटिएकाे थियाे।

उनकाे आर्थिक अवस्था कमजाेर भएकाे कारण सान्त्वना स्वरूप उनकै घरमा उपस्थित भएर समवेदना का साथै ११०००/- एघार हजार नगद बिर्तामोड राउण्ड टेबल २७ ले आर्थिक सहयोग गरेकाे छ। उक्त समवेदना कार्यक्रममा राजवंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी ,जिल्ला सदस्य पूजा राजवंशी र संस्थाका कचनकवल गाउपालिका राजवंशि समाजका अध्यक्ष उपेन्द्रलाल राजवंशी , बिर्तामोड राउण्ड टेवल का अध्यक्ष मनोज गोयल , सचिव दिपक मित्तल , सदस्य सरद जोशी , रितेश मंगल लगायत को उपस्थिती रहेको थियो ।नेहारिका बहिनीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

त्यसै गरि राउन्ड टेवल बिर्तामोड ले अविरल वर्षाको कारण ज्यान गुमाउने सम्पूर्णलाई भावपूर्ण श्रद्धाञ्जली दिदै घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूकाे चाँडै खोजी गरियोस भनि सरकार सग माग गर्द छ ।