गजल

हृदयको यो सानो गल्लीमा तिम्रो आगमन भए पुग्छ,
अरू त केही चाहिँदैन मलाई,तिम्रो एक नजर भए पुग्छ।

सधैंभरि तिम्रै यादमा यो मन हराउन थालेको छ,
तिम्रो मुस्कान नै मेरो लागि सारा संसार त्यति भए पुग्छ।

चाहन्न म आकाशका ती जून र ताराहरू कहिल्यै,
हातमा हात समाई हिँड्ने तिम्रो साथ भए पुग्छ।

हजारौं मान्छे भेटिएलान् यहाँ यो भीडभाडमा तर,
मलाई बुझिदिने केवल तिम्रो एउटै मन भए पुग्छ।

कतिन्जेल बस्नु पर्ने हो यसरी तिम्रो प्रतीक्षामा,
अब त सँगै बाँच्ने र मर्ने एउटा कसम भए पुग्छ।

✍🏻कालु दाहाल(चन्द्रशेखर) झापा -हाल कतार