आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु हुने
८ असार, बिर्तामोड । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ ।
यती एयरलाइन्सले ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ ।
श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए ।
