गजलकार लिला अनमोलको महाफिल-ए गजल कार्यक्रम इटहरी स्थित संगीत साधना प्रतिष्ठानको हलमा आइतबार सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री  रामप्रसाद महतोको प्रमुख आतिथ्य र सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष मणि कुमार भण्डारी को अध्यक्षतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रम पानसमा दियो बालेर उद्घाटन गर्दै-`कला,साहित्य र सङ्गीतको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने प्रमुख अतिथि महतोले बताउनु भयो।´सङ्गीत साधना प्रतिष्ठान नेपाल र नेपाल बिटको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

उत्कृष्ट गजल प्रस्तुतिहरू मार्फत दर्शकलाई भावनात्मक र सांगीतिक आनन्द प्रदान गरिएको थियो।  लिला अनमोल शक्तिशाली नारी गजलगो हुन्।

उनलाई प्रतिष्ठित तथा उदीयमान कलाकारहरूले शब्द,स्वर र संगीतको सुन्दर समिश्रणबाट कार्यक्रममा साथ दिएका थिए।

महाफिल-ए गजल कार्यक्रममा  शब्द-लिला अनमोल,संगीत-मोहन तिम्सिना,स्वर-भुमा अधिकारी ले साथ दिएकी थिइन्। कार्यक्रम संयोजन-रामप्रसाद खरेल र संगीत साधना केन्द्र इटहरीका सचिव राजु केसी ले गर्नुभएको थियो।

अनमोलको दमदार गजल वाचन, कलाकारहरूको बेजोड प्रस्तुति र साहित्य तथा सङ्गीतप्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको रौनक बढाएको चर्चित कवि मनु मञ्जिलले बताउनुभयो। युवाकवि तथा सञ्चारकर्मी रामप्रसाद खरेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।