एपेक नेपालले आफ्नो २७औं वार्षिकोत्सवको अवसर पारेर द्विदेशीय काव्यगोष्ठी गरेको छ।एपेक नेपाल नेपाली वाङ्गमयको श्रीवृद्धिमा २७ वर्षदेखि समर्पित संस्था साहित्यिक संस्था हाे।

राजधानीमा आयोजित उक्त गोष्ठीमा नेपाल र भारतका ३५ कविले कविता वाचन गरेका थिए।उक्त गाेष्ठीमाभारतीय कविहरूले नेपालीमा र नेपाली कविहरूले हिन्दी भाषामा कविता सुनाएका थिए।

रेडियाेकर्मी प्रखर कवि लिला अनमोलले सञ्चालन गरेकाे उक्त कार्यक्रममा डा.धनेश द्धिवेदी,स्नेह सायमी, विनोद परासर, दीप दर्पण, राजकुमार श्रेष्ठ, भूपिन खड्का, गीता कार्की, गरिमा सञ्जय, मणि लोहनी, मोमिला जोशी, सकुन्तला मित्तल, डा. वनिता शर्मा,निमेष निखिल, डा. तुलिका सेठ, डा.भावना तिवारी, विमल वैद्य, किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा.कविता मलहोत्रा, शकुन्तला जोशी, मोनालिसा पंवार, उमा सुवेदी, अशेष मल्ल,नमिता राकेश, भोजराज न्यौपाने, ज्योति जङ्गल, उषा शेरचन,राजेन्द्र शलभ, प्रज्ज्वल अधिकारी, सुधाकर पाठक, छविरमण सिलवाल,विश्वविमोहन श्रेष्ठ र लिला अनमोल लगायतले कविता वाचेका थिए।

वाचित कविताहरू अनूदित कवितासंग्रह ‘अनुभूति‘ मा सङ्गृहीत छन्। जसमा ३१/ ३१ नेपाली भारतीय कविका कविता एक अर्काका भाषामा समेत अनुवाद गरिएका छन्।

उक्त कार्यक्रममा हिन्दुस्तान भाषा अकादेमीकाे त्रैमासिक साहित्यिक पत्रिका ‘हिन्दुस्तानी भाषा भारती’ को लोकार्पण पनि गरिएकाे थियाे।

कार्यक्रममा अनुवादक शर्मा तथा भारतीय कविहरूलाई सम्मान पनि अर्पिएको थियो।

कार्यक्रममा भारतीय भाषा अकादमीका अध्यक्ष सुधाकर पाठकले कार्यक्रम भव्य रूपमा भएकाे सम्पन्न भएकाेमा खुसी व्यक्त गरेका थिए। वाचित कविताहरू  ध्यानपूर्वक सुनियाे। हामी नेपाली मित्रहरूप्रति कृतज्ञ छाैं।

उनले ‘हिन्दुस्तानी भाषा भारती’ को अंक काठमाडौँ विशेषाङ्कको रूपमा प्रकाशित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै चाँडै नेपाली कविहरूलाई दिल्लीमा बालाउने पनि बताए।

‘अनुभूति’ की अनुवादक रश्मि शर्माले अनुवाद जस्ताे महत्त्वपूर्ण काम गर्ने अवसर दिएकाेमा आयोजकप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।

एपेकका कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले शब्दमार्फत स्वागत गरेका  थिए। उनले अनुवादक लागि डा.धनेश द्धिवेदीले पुलको काम गरिदिएको बताउँदै आउँदाे  दिनमा पनि सहकार्य गर्दै जाने बताए। एपेकका अध्यक्ष विश्वविमोहन श्रेष्ठले यस्ताे कार्यक्रम गर्दै जाने बताए।