झापाको बिर्तामोडमा रहेको प्रियङ्काज क्लिनिक को तेस्रो वार्षिक उत्सव आज बिर्तामोडमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।  क्लिनिकले आज (शनिवार) आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर तीन महिलालाई उत्कृष्ट महिलाको रुपमा सम्मान गरेको हो । 

क्लिनिकले जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्का, सञ्चारीका समुह झापाकी अध्यक्ष तथा सञ्चारकर्मी प्रशिक्षक लीला अनमोल र क्यान्सर पिडीत अभियन्ता नमिता बस्नेतलाई उत्कृष्ट महिलाका रुपमा सम्मान गरेको हो । 

क्लिनिककी प्रबन्ध निर्देशक प्रियङ्का कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, सहकारी तथा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, डा. पुस्पक रेग्मी, डाक्टर निरु नेपाल लगायतले सम्मानीतहरुलाई सम्मान गर्नुभएको थियो।

सोही कार्यक्रमका बिच क्लिनिकका चार जना कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कर्मचारी तारा लिम्बु, गीता लिम्बु, अर्पणा तामाङ र कल्पना लिम्बुलाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा डाक्टर निरु नेपाल सम्मानित व्यक्तित्वहरू एसपी बसुन्धरा खड्का। सञ्चारकर्मी लिला अनमोल अभियन्ता नमिता बस्नेत त्यस्तै प्रमुख अतिथि बिर्तामोड नगरकी मेयर पवित्रा महतरा प्रसाईले शुभकामना दिनुभएको थियो। 

कार्यक्रममा क्लिनिकमा इमान्दारिताका साथ काम गर्ने कर्मचारीहरूलाई  मायाको चिनो प्रदान गरिएको थियो ।

 कार्यक्रममा सामाजिक ब्यक्तित्व राजकुमार पोखरेल, युवा नेता आशिष बन,सजेश शिवाकोटी, इनर विल क्लब अफ मिटाउनकी लुना बस्नेत शिवाकोटी, निरज ओली,लायन्स लेडीकी निरु उप्रेती ओली लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहितको उल्लेखीय उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन पलाक्षी रेग्मीले  गरेकी थिइन् ।