दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम
दुबईका राजकुमार लाई चन्द्रगढी विमानस्थलमा वि एण्ड सि हस्पिटल का कार्यकारी निर्देशक दुर्गा प्रसाईं ले भव्य स्वागत गर्नु भएकाे छ।

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका क्रममा झापा आएका छन् । राजकुमार माक्तुम बिएण्डसी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँको निमन्त्रणामा झापा आएका हुन् ।

शनिवार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट झापा आएका राजकुमार माक्तुमलाई प्रसाईँले चन्द्रगढी विमानस्थल पुगेर भव्य स्वागत गरेका थिए । राजकुमार माक्तुमको स्वागतका लागि विमानस्थल परिसरमा भीड नै लागेको थियो । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेट सिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन आएका छन् । सो कार्यक्रम भोलि आइतबार हुनेछ ।
