“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो।”

यही मूल मन्त्रलाई आत्मसात गर्दै, आज वीरता लेडी जेसीजको आयोजनामा “वृहत् नि:शुल्क स्वास्थ्य शिविर “बुद्धशान्ति गाँऊ पालिका वडा न ४ मा सम्पन्न भएको छ। जसमा तीन सय बढि सेवाग्राहीले सेवा लिएका छन् ।

विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले गर्दा हाम्रो समाजका धेरै नागरिकहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन्। यस यथार्थतालाई गम्भीरतापूर्वक मनन गर्दै, स्वस्थ समाज, समृद्ध राष्ट्र भन्ने अभियानसहित हामीले यो नि:शुल्क शिविरको आयोजना गरेका हौं।बिरता लेडि जेसिजका अध्यक्ष निसा शाक्यले भन्नू भयाे।

कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई तथा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष, विशिष्ट अतिथि शेरबहादुर राया लगायतकाे उपस्थिति रहेकाे थियाे।

यस स्वास्थ्य शिविरमा बी एण्ड सी टिचिङ अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र विर्ता आई केयर प्रा. लि काे प्राबिधिक सहयाेग रहेकाे थियाे।

 क्यान्सर विशेषज्ञ डा. कुशल रिजाल ,फिजिसियन डा. नौषद अलि,स्त्री रोग विशेषज्ञ डा. सुरुचि महत्तो,बाल रोग विशेषज्ञ डा. सञ्जीव के. शाह,हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. मिलन सुन्दास, विर्ता आई केयरका डा. पवन अधिकारी, डा. प्रज्ञान कट्टुवाल र डा. सुवास सङ्ग्रौला लगायतकाे टिमले उपचार गरेकाे थिए।

निशा शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रमऔचित्य माथी प्रकाश निवर्तमान अध्यक्ष जेसी मेनुका ओलिले गर्नु भएकाे थियाेआस्था कार्यकारिणी उपाध्यक्ष जेसी मुना ढुङगेलले गर्नु भएकाे थियाे भने मिसन भिजन  उपाध्यक्ष जेसी भावना बस्नेतले गर्नु भएकाे थियाे।

स्वागत कार्यक्रम संयोजक – जनसम्पर्क अधिकारी जेसी पार्वति श्रेष्ठले गरेकाेकार्यक्रम संचालन  महासचिव जेसी प्रभा रायाले गर्नु भएकाे थियाे।