सुगम शान्ति महिला विकास संस्थाले महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

बिर्तामोड -६ सुगम शान्ति महिला विकास संस्था ले आज बिर्तामोड ६ जलकन्या मन्दिरमा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष बिमला प्रधानकाे अध्यक्षतामा बिर्तामोड नगरपालिका का नगर प्रमुख पवित्रा महतरा प्रसाईं प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष सुभाष भट्टराई , अखिल नेपाल महिला सङ्घ बिर्तामोड नगर अध्यक्ष यशोदा प्रसाई भट्टराई, बिर्तामोड वार्ड नं ६ महिला सदस्य गीता रेग्मी लगायतको आतिथ्यता रहेको थियो।
बिर्तामोड वडा नम्बर ६ का महिला दिदिबहिनिहरुकाे उपस्थितिमा महिला हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। घरैभित्र हुने यी खालका हिंसाले समाजमा विकृति बढेको छ। त्यो विकृतिलाई न्यूनीकरण गर्न र महिला हिंसा नहोस् भन्नका लागि सचेतनामूलक कार्यक्रम गरेको उक्त संस्थाकी अध्यक्ष बिमला प्रधान बोहराले जानकारी दिनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईले आफ्नो नगरमा महिला हिंसा सम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गर्दै आएको र समाजमा महिला हिंसा हुन नदिन भइहालेमा पनि कानुनको कठगरामा उभ्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अधिवक्ता कबिता बास्ताेला पाठक ले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन चन्द्र कला रिजाल भट्टराईले गर्नुभएको थियो।