नेपाल प्रेस युनियनले स्थापना दिवसमा अग्रजलाई सम्मान
नेपाल प्रेस युनियनकाे ३४ औ स्थापना दिवसकाे अवसरमानेपाल प्रेस युनियन झापा साखा द्वारा लाेक तन्त्रमा प्रेसकाे भुमिका बिषयक बिचार गाेस्ठि तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ।
नेपाल प्रेस युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा नेपाली काङ्ग्रेस का पुर्व महामन्त्री , पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा , संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटी ,नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे,उपाध्यक्ष केसव राज पाण्डे ,सचिव कृण्ण हुमागाई,नवीन बिमली ,काेषाध्यक्ष जल कुमार गुरुङ,कन्काइ नेपाली काङ्ग्रेस का अध्यक्ष दुर्गा प्रसाईं,नेपाली काङ्ग्रेस बिर्तामोड का उपाध्यक्ष सुर्य प्रसाद कन्दङ्वा माहासमिति सदस्य उमा शिवाकोटी लगायतकाे आतिथ्यता रहेकाे थियाे।
कार्यक्रममा नेपाल प्रेस युनियनका संस्थापक राजेश ढुंगाना, पूर्व केन्द्रीय सचिव चिन्तामणी दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल प्रेस युनियनका संस्थापक राजेश ढुंगाना, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले शुभकामना दिनु भएकाे थियाे।
प्रमुख अतिथि सिटौलाले पत्रकार लाई नेगेटिभ समाचार मात्र हाेइन पाेजेटिभ समाचार लेखेर जनतालाइ सुसूचित गर्न लाई आग्रह गर्नु भयाे।देश वनाउने र वचाउने राजाले हाेइन जनताले हाे भन्दै गणतन्त्र हुनै हालतमा नडगमगाउने अझ मजवुत हुने वताउनु भयाे।
स्वागत ईश्वर अधिकारी ले गर्नु भएकाे कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गर्नु भएकाे थियाे।