मेची महाकाली बुहारी संयुक्त आवाजले क्यान्सर पीडित महिलालाई सहयोग
सामाजिक गतिविधिमा सक्रिय संस्थाको रुपमा परिचित मेची महाकाली बुहारी संयुक्त आवाजले नेपालका पूर्वी भागमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको सर्वविधितै छ। यसै सिलसिलामा
मेचीनगर-५ की २९ वर्ष की एक महिला क्यान्सर जस्तो रोगबाट पीडित भई आर्थिक अभावमा उपचार गराउँदै आएकी शारिरिक रुपमा अशक्त साथै क्यान्सर रोगी विष्णु माया राईलाई मेची महाकाली बुहारी संयुक्त आवाज संस्थाले नगद १५०१० पन्ध्र हजार दश सहित खाद्य सामग्री सहयोग गरेको छ यो रकम संस्था को सय बचत अभियान अन्तरगत असार महिना को बचत रकम अन्तर्गत रहेको यसै संस्थाकी झापा जिल्ला संयोजक गंगादेवी भट्टराईले बताउनुभएको छ।
संस्थाले प्रत्येक महिना सय बचत अभियान सञ्चालन गर्दै आएको उहाँको बनाइरहेको छ। झापामा रहेर सामाजिक विभिन्न गतिविधिमा सक्रिय रहेको यो संस्थाले सडक बालबालिकादेखि लिएर अति विपन्न गरिब जेहनदार विद्यार्थीहरू समेतलाई सहयोग गर्दै आएको छ। सडक मानवरहित बनाउने उद्देश्यले यो संस्था हाल निकै नै सक्रिय रहेको छ।
सहयोगको लागि संस्थाकी संस्थापक अध्यक्ष यमन शर्मा सुब्बा, केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ,झापा जिल्ला अध्यक्ष गंगादेवी भट्टराई ,झापा जिल्ला सहसंयोजक रोशनी खनाल र झापा जिल्ला सदस्य प्रमिला उप्रेतीको सहभागिता रहेको थियो।

