मेचीमहाकाली बुहारी संयुक्त आवाज ले आज मेची नगर १५ मा कालिका आधारभूत विद्यालय का विद्यार्थी हरु जुत्ता माेजा वितरण
मेचीमहाकाली बुहारी संयुक्त आवाज ले आज मेची नगर १५ मा रहेकाे कालिका आधारभूत विद्यालय मा अध्ययनरत ७१ जना विद्यार्थी हरु लाई ३५ हजार बराबर को जुत्ता माेजा वितरण गरेकाे छ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजकि संस्थापक अध्यक्ष साथै मेम्वसा इन्टरनेसनल अध्यक्ष यमन शर्मा पौडेल को पूजनीय स्वर्गीय बुबा सेर बहादुर सेनेहाङ् लिम्बु को आज दशौँ दिन को पुण्य तिथि साथै आजै उहाँ को जन्म दिन परेको ले सहयोग गर्नु भएको हाे ।मेची नगर १५ का वडाअध्यक्ष गुणराज भट्टराई काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकि केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ,झापा जिल्ला संयोजक गंगा भट्टराई ,झापा जिल्ला सह संयोजक रोशनी खनाल अधिकारी ,झापा जिल्ला सदस्य प्रमिला उप्रेती आजीवन सदस्य सरु सुब्बा लगायतकाे आतिथ्यता रहेकाे संस्थाकि झापा अध्यक्ष भट्टराई ले जानकारी दिनु भयाे।

