मेची महाकाली बुहारी संयुक्त आवाजले एक ज्येष्ठ नागरिकको उद्धार
मेचीमहाकाली बुहारी संयुक्त आवाज ले आज एकजना बेवारिसे जेष्ठ नागरिकको उद्दार गरेको छ। मेचीनगर नगरपालिका वार्ड नं १० महेन्द्र राजमार्ग अन्तर्गत ढाटमा एक बेवारिसे ५०/५२ वर्षीय पुरुष लाई सडकबाट उद्दार गरेको हो
बिगत केही समयदेखि दयनीय अवस्थामा सडक किनारामा जीवन बिताइरहेका उनलाई उद्धार गरी आवश्यक संरक्षण र हेरचाहका लागि मानव सेवा आश्रय बाहुनडागी पुर्याइएको संस्थाले जनाएको छ। सडक आश्रित मानवमुक्त बनाउने अभियान अन्तर्गत मेची महाकाली बुहारी संयुक्त आवाजले सक्रियता देखाउँदै आएको छ।
उद्धार कार्यमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त उद्धार कार्यक्रममा जिल्ला संयोजक गंगा भट्टराई, सह संयोजक रोशनी खनाल अधिकारी ,जिल्ला सदस्य प्रमिला उप्रेती ,स्थानिय उर्मिला बानिया ,भिम लामिछने ,कृष्ण कुमारी घिमिरे ,अम्बिका ढकाल ,जानुका अधिकारी लगायतको उपस्थिति रहेको थियो।उद्धार गरिएका व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्य परीक्षण गरी आश्रयस्थलमा राखिने र उनको वास्तविक पहिचान खुल्ने कुनै प्रमाण फेला परेमा परिवारको खोजी गरी पुनर्मिलन गराइने समेत मेची महाकाली बुहारी संयुक्त आवाज अभियानकी संयोजक भट्टराईले जानकारी दिनुभएको छ।

