मारवाडी युवा मञ्च बिर्तामोडले रामनवमीमा मोटरसाइकल र्याली

मारवाडी युवा मञ्च बिर्तामोडले रामनवमीको अवसरमा” मेरो श्रीराम बाइक एवं कार र्याली”को सम्पन्न गरेको छ। प्रत्येक वर्ष राम नवमीको अवसरमा मारवाडी युवा मञ्चले यस्ता कार्यक्रम राख्दै आएको छ। यो वर्ष पनि मेरो श्रीराम बाइक एवं कार्यालयले अग्रसेन भवनबाट सुरु भई मुक्तिचोक इलाका प्रहरी कार्यालय बिर्तामोट त्यसपछाडि भद्रपुर रोड हुँदै मुक्तिचोक बाट अदुवा खोलासम्म पुगेर अन स्टप महल आएर कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रममा विभिन्न धार्मिक संघसंस्थाहरूको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा ,बिर्तामोड वार्ड नम्बर ५ का अध्यक्ष रोहित प्रसाई ,नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल (विकास), केन्द्रीय सदस्य सुमित शाहेवाला ,ललित अग्रवाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ओम शान्ति परिवार ,प्रणामी परिवार लगायत संघ संस्थाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन मनिष पद्दारले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन यज्ञराज अग्रवालले गर्नुभएको थियो।