झापा गोल्डकप र झापा एफसी बीच सम्झौता पत्रमा हस्ताक्षर

झापा गोल्डकपले झापालाई फुटबलको हब बनाउने उदेश्यले झापा एफसी संग सहकार्य गरेको छ। आज एक कार्यक्रमका विच झापा गोल्डकप र झापा एफसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे। झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरी र झापा एफसीका तर्फबाट अध्यक्ष अर्पण खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । झापा खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेतको रोहबरमा सम्झौतामा हस्ताक्षर गरिएको छ।
फुटबल कार्यक्रम तथा प्रतियोगिताहरुमा दुवै पक्षको सक्रिय सहभागिता, ग्रास रुट, महिला फुटबल विकासमा सहकार्य, प्राविधि र प्रशासनिक काममा आपसी सहयोग,पूर्वधार विकासमा सहकार्य, संस्थागत प्रवद्र्वन तथा ब्रान्डिङमा सहकार्य लगायका कार्यक्रमहरु सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा झापा गोल्डकपका निर्वमान अध्यक्ष विनोद बस्नेतले झापामा फुटबलको बिकास गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन का लागि सम्झौतामा हस्ताक्षर गरिएको बताउनु भयो ।
कार्यक्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी , झापा गोल्डकपका अध्यक्ष केदार गिरी, एफसीका अध्यक्ष अर्पण खड्का लगायले शुभकामना दिदै झापाली खेलाडी र फुटबल प्रेमीहरुका लागि सम्झौता निकै ठुलो सफलता भएको बताउनु भयाे ।