हाम्रो नेतृत्व हाम्रो अभियान संस्थाको आयोजनामा तीन दिने उद्घोषण तालिमको सम्पन्न

तेह्रथुमको आठराइ गाउँपालिका संक्रान्ति बजारमा हाम्रो नेतृत्व हाम्रो अभियान संस्थाको आयोजनामा तीन दिने उद्घोषण तालिमको सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सनिषा भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम हुनुहुन्थ्यो। उक्त संस्थाको आयोजनामा भएको तीन दिने कार्यक्रममा पालिकामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आठराई गाउँपालिकाका प्रमुखले यस क्षेत्रमा कुनै पनि महिलाहरूको समूहले उद्यमशीलतालाई केन्द्रमा राखेर काम गर्न चाहनेहरूका निम्ति आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले समाज रूपान्तरणका लागि महिला पुरुष समान भूमिका रहने उल्लेख गर्दै महिलाहरू पनि सशक्त भएर अग्रपंक्तिमा आउन आह्वान गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरुका रुपमा बोल्दै आठराइ गाउ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीले यस्ता खालका तालिमहरु महिलालाई मात्र होइन पुरुषहरुका निम्ति पनि जरुरी रहेको बताउनुभयो ।अध्यक्ष ओलीले अझ जनप्रतिनिधिहरुले समेत भाषण कलाको विकासका निम्ति यस्ता कार्यक्रम आवश्यकता रहेकाे वताउनु भयाे। इलाका प्रहरी सग्रान्तिका कार्यालय का प्रमुख विशाल लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको हाम्रो नेतृत्व हाम्रो अभियानले समाजमा विशेषत महिलाहरूको क्षमता अभिवृद्धि ,राजनीतिमा महिलाको पहुँच, लैङ्गिक विभेद हिंसा विरुद्धको अभियान सञ्चालन गर्दै आइरहेको कुरा संस्थाकी अध्यक्ष सनीषा भेटवालले बताउनुभयो। उक्त तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको सहजकर्ताको रुपमा रेडियो विराट ८८.५ मेगाहर्जकी प्रबन्ध निर्देशक प्रशिक्षक लीला अनमोल रहनुभएको थियो।
संस्थाकी उपाध्यक्ष असारी इङ्नामले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मुना प्रसाईले गर्नुभएको थियो।