सिटौला काेशी प्रदेश भातृ संघ समन्वय बिभागकाे उपप्रमुखमा मनाेनित

माेरङ उर्लाबारी का युवा ब्यावसायी नारायण सिटौला लाई नेपाली काङ्ग्रेस काेशी प्रदेश भातृ संघ समन्वय बिभागकाे उप प्रमुख पदमा नेपाली काङ्ग्रेस बिधान २०१७( दशौ संसाेधन २०७८) काे परिच्छेद ४ धारा १३(११)(क) बमोजिम मनाेनयन गरिएकाे छ।
सिटौला धेरै लामाे समय देखि नेपाली काङ्ग्रेस काे भातृ संगठन नेबि संघ काे राजनिती वाट राजनिती मा सक्रिय रहनु भएकाे छ।२०४९ सालमा सरस्ववती मावि इटहरा माेरङकाे नेबि संघ सभापति रहनु भएकाे थियाे।
नेपाली काङ्ग्रेस काे राजनीति मा सक्रिय रहेर विभिन्न सामाजिक गतिविधि मा सक्रिय रहनु भएकाे छ।युवा नेता सिटौला राजनीति लाई ब्यावसाय हाेइन सामाजिक कार्य हाे,जस्ले राजनीति लाई ब्यावसाय वनाउछ त्यसैकै कारण देश भ्रस्टाचार ले चुर्लुम्म डुवेकाे वताउनु हुन्छ।नेपाली काङ्ग्रेस ले युवा हरु लाई यी राजनीति मा सक्रिय बनाउदैजाने हाे भने देशले छिट्टै बिकासमा फड्काे मार्ने वताउनु हुन्छ।सानै उमेर वाट बिधार्थि राजनीति वाट सक्रिय सिटौला माेरङकाे राजनीति मा सक्रिय युवा रहनु भएकाे छ।