कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन हुनु भएकाे छ ।

क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सदस्यहरुमा लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, विनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र बाप्पा शाह चयन गरेको छ । क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।
क्यानको विधान अनुसार कार्यसमितिको बैठकले पदाधिकारीको जिम्मेवारी तोक्ने व्यवस्था छ । निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष पाठकले जानकारी दिइन् ।

क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रञ्जीतकुमार पोद्दारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्यानका पूर्वकेन्द्रीय सदस्य तथा झापाका संस्थापक अध्यक्ष दिपेश पाठक, कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल, हेल्भेटास नेपालका प्रतिनिधि रेखा उप्रेती, कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य खगेन्द्र मिश्र, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना दिनु भएकाे थियाे।

उपााध्यक्ष रोशन बुढोथोकीले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन क्यान झापाका सचिव लोकप्रिय खनालले गर्नु भएकाे थियाे