नेपाल अलैची व्यवसायी महासङ्घको अध्यक्षमा नेपाल महासचिव मा बिमली चयन
नेपाल अलैँची व्यवसायी महासंघको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन बाट पाँचथरका दीपक नेपालकाे अध्यक्षमा झापा विर्तामोडका प्रज्वल विमली महासचिवमा सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडमा शनिबार भएको महाधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले नारायण चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी सचिवमा सञ्जीव घिमिरे सहसचिवमा प्रेम राई र कोषाध्यक्षमा रामकृष्ण विष्ट चयन भएका छन्। प्रतिस्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए । नेपाल अध्यक्ष, चिमरिया वरिष्ठ उपाध्यक्ष र ओमका छोरा प्रज्वललाई महासचिवमा राखेर समिति सर्वसम्मत भएको सहभागीले जनाएका छन् ।
ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा बढी दोस्रो देश निर्यात हुने सूचीमा अलैंची पनि पर्ने गरेको छ । काँकडभिट्टा नाकाबाट बढी निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने जिल्ला भने ४३ पुगिसकेका छन् /
