सञ्चारिका समूह काे आयाेजना मा २ दिने पत्रकारिता कार्यक्रम उद्घाटन

सञ्चारिका समुहकाे आयाेजना र सञ्चारिका समूह झापाकाे संयाेजनमा सिमान्तकृत पत्रकार महिला हरुकाे क्षमता विकास सम्वन्धि २ दिने कार्यशाला गाेष्ठि प्रमुख अतिथि उपसभामुख ईन्दिरा राना ले गमलामा पानी हालेर उद्घाटन गर्नु भएकाे थियाे साे कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं ,उपमेयर नगेन्द्र सङ्ग्रौला,झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेख्रेल,जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा प्रसाद रेग्मी,झापा जिल्ला राष्ट्रिय अनुसन्धान प्रमुख तुलसी प्रसाईं ,पत्रकार माहासंघ झापा अध्यक्ष एक राज गिरी,पत्रकार महासंघ झापाका पुर्वअध्यक्ष कृण्ण हुमागाई,,प्रेस युनियन काेशि प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला,प्रेस युनियन काेशी प्रदेश महासचिव सञ्जिव वाग्ले,बिज्ञापन वाेर्डका सदस्य पवन अधिकारी,बिर्तामोड वार्ड नः ६ का वार्ड अध्यक्ष सुर्य प्रसाद कन्दङ्वा,प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई ,पत्रकार अनिलदेव राइ,टिकाराम नेती ,इन्द्रजित मुखिया लगायत काेशि प्रदेशका १४ जिल्लाका महिला हरु सहभागी रहेका थिए।

कार्यक्रममा अग्रज पत्रकार शुशिला सङ्ग्रौला लाई सम्मान गरेकाे छ।कार्यक्रम सञ्चारिका समुहकि केन्द्रीय अध्यक्ष बिमला तुम्खेवाकाे अभ्यक्षता भएकाे कार्यक्रममा स्वागत तथा कार्यक्रम काे अौचित्य माथि प्रकाश सञ्चारिका झापा अध्यक्ष लिला अनमाेल ले गर्नु भएकाे थियाे।कार्यक्रम काे सञ्चालन संस्था कि काेषाध्यक्ष सबिना सुब्बाले गर्नु भएकाे थियाे।

