महिला उद्यमी संघ नेपाल झापा अध्यक्षमा पौडेल

उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी संघ नेपाल झापा सातौ साधाण सभा तथा चौथाे अधिवेसन वाटअध्यक्षमा सुष्मा भण्डारी पौडेल चयन हुनु भएकाे छ। ।
भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शर्मिला अधिकारी, उपाध्यक्षमा पुनम उप्रेती, महासचिवमा यमुना तिवारी चिमरिया, सहसचिवमा युनिता दवाडी र कोषाध्यक्षमा पूजा सुब्बा त्यस्तै समिति सदस्यहरुमा पुनम अधिकारी, बिना दाहाल, दिपा श्रेष्ठ, पारुग ओली र कल्पना कडरिया चयन हुनु भएकाे छ ।

संघकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोक्का, विशेष अतिथिहरु बिर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य यमुना आचार्य,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सप्तकोसी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना दिनु भएको थियाे।
अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सप्तकोसी सफल महिला उद्यमी सम्मानबाट शर्मिला अधिकारी र एक्सेल सफल महिला उद्यमी सम्मानबाट सूर्या राजवंशीलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम मा स्वागत वरिष्ठ उपाध्यक्ष यशोदा पोखरेलले र सञ्चालन महासचिव शर्मिला अधिकारीले गर्नु भएकाे थियाे।

